नयाँ बुलन्द
इलाम : इलाममा जारी तेश्रो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपमा आइतबार साविक विजेता रमपम झापा-११ र रुपन्देही-११ भिड्दैछन् ।
दोस्रो क्वाटरफाइलन अन्तरग दिउँसो साढे २ बजे खेल सुरु हुँदैछ । उपाधिका लागि दावेदार मानिएको झापा र रुपन्देहीबीचको खेल अत्यन्तै प्रतिष्पर्धात्मक हुने अनुमान गरिको छ । झापा गत संस्करणको विजेता टिम हो । रुपन्देही सेमीफाइनलमा सशस्त्र प्रहरीको एपीएफसँग पराजित टिम हो । यसपटक यी दुई टिमबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । खेल हेर्न गाउँगाउँबाट दर्शकहरु सदरमुकाम आउन थालेका छन् ।
यसअघि शनिबारको खेलमा नेपाली सेनाको नेपाल आर्मी क्लब सेमीफाइनमा प्रवेश गरेको छ । आर्मीले पाहुना टोलि कञ्चनजंघा फूटबल क्लब दार्जिलिङ भारतलाई २-१ ले पराजित गर्दै सेमीफाइनलको यात्रा पक्का गरेको हो । आर्मी पहिलो संस्करणको विजेता टिम हो ।
२६ चैतसम्म सञ्चालन हुने प्रतियोयितामा विदेशी टिम भारतको कोलकत्ता, आसाम सहित नेपालका ‘ए’ डिभिजन क्लव र विभागीय टिम गरी १० टिम सहभागी छन् ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडिले १५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्नेछ ।