सहकारी कहिले भ्रष्टचार नगर (किवता)

 

सुमन ‘सुस्केरा’ लावती

सहकारी तिमी सचेत छौ, सधं सचेतनाको कुरा मात्र गर

सहकारी तिमी अरुको भलो चिताउनु, कहिले कुभलो नगर ।।

 

सहकारी तिमी हातमा हात मलाउने गर, कहिले बगार्ने नगर

सहकारी तिमी आर्थिक उन्नति गर, कहिले भ्रष्टचार नगर ।।

 

सहकारी तिमी गरीबका बैंक हौ, कहिले पक्षपाती नगर

सहकारी तिमी विश्‍वमा चम्किने गर, थोरै लालचमा फस्ने नगर ।।

 

सहकारी तिमी विकासके कुरा गर, कहिले राजनीतिको कुरा नगर

सहकारी तिमी आचारसंहिताको पालना गर,  कहिले चारखाताको नियम तोड्ने नगर ।।

 

सहकारी तिमी सधैं समानताको कुरा गर, धनी र गरीबको कुरा नगर

सहकारी तिमी गरिबको जीवनस्तर उकास्ने गर,  कहिले ऋणको भारी बोकाउने नगर ।।

(२०७३ चैत २० गते सहकारी दिवसको उपलक्ष्यमा)

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार