वाइसीएलको अध्यक्षमा पुन: नरेश

Image result for ycl

नयाँ बुलन्द

इलाम : योङ कम्युनिष्ट लिग (वाइसीएल) इलामको अध्यक्षमा पुन: नरेश तामाङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न दोश्रो जिल्ला सम्मेलनबाट तामाङको अध्यक्षतामा ५६ सदस्यीय नयाँ जिल्ला समिती निर्वाचित भएको हो । समितीको उपाध्यक्षमा ताराबाबु सुवेदी, तारा घिमिरे र हुकुम थामी निर्वाचित भएका छन् ।

सचिव विक्रम लिम्बु, सहसचिव रविना बुढाथोकी र भुपाल लिम्बु रहेका छन् । कोषाध्यक्षमा अनिता राई रोशनी निर्वाचित भएकी छिन् ।

नरेश तामाङको अध्यक्षतामा भएको सम्मेलनका प्रमुख अतिथी वाइसीएलका केन्द्रिय उपाध्यक्ष नन्द कडरीया शिखर रहेका थिए । अग्नी तामाङले स्वागत गरेको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश परियार, वाइसिएल १ नम्बर प्रदेशका संयोजक सञ्चार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन ताराबाबु सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार