इनपा ११ मा नयाँ शक्तिको वडा समिति

नयाँ बुलन्द

सोयाक : नयाँ शक्ति पार्टी नेपाल इलाम नगरपालिका ११ को वडा सिमिति गठन भएको छ ।

शनिबार सोयाकमा भएको भेलाले दिपेस फागोको अध्यक्षतामा २९ सदस्यीय वडा समिति चयन भएको छ । समितिका उपाध्यक्षमा बलबिर येक्तेन, सचिवमा दिलकुमारी खतिवडा, सहसचिवमा खेमबहादुर नेम्वाङ र कोषाध्यक्षमा लिलाराज खत्री चयन भएका छन् ।

कार्यक्रम नयाँ शक्ति पार्टी नेपालका जिल्ला सहसंयोजक लेखनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार