म्यादीका लागी इलाममा २९ सयको आवेदन

नयाँ बुलन्द

इलाम : बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा इलामबाट दुई हजार नौ सय १० जनाले आवेदन दिएका छन् । फाराम भर्नेमा दुई हजार तीन सय ५८ पुरुष र चार सय ४२ महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शुशिलकुमार यादबले जानकारी दिए ।

त्यस्तै गरी म्यादी प्रहरीको लागी ९२ पुर्व म्यादी, ९ जना पुर्व प्रहरी, २ जना पुर्व सैनिक र ४ जना पुर्व शसस्त्र प्रहरी रहेका छन । १४४ वटा निर्वाचन स्थल रहेको इलाममा कतिको संख्यामा म्यादी प्रहरी छनौट गर्ने भन्ने तय नभएको प्रहरी उपरिक्षक यादबले बताए ।

स्थानिय निकायको निर्वाचनका लागी १८ बर्ष उमेर पुगेका ५४ बर्ष ननाघेकाहरुलाई ५५ दिनको लागी म्यादी प्रहरी भर्ना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार