नयाँ बुलन्द
झापा : झापाको शिवसताक्षीमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी १ स्थित धरमपुर चोकमा दुर्घटना हुँदा शिवसताक्षी ६ का विकउ महतोको ज्यान गएको हो। उनको उपचारको क्रममा विएडसी अस्पताल विर्तामोडमा ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
दक्षिणबाट राजमार्ग निक्लने क्रममा मे ४ प १८१५ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे ४ प ६७०६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा मृतक विकउका छोरा मे ४ प १८१५ का मोटरसाइकल चालक सुसिल महतो, अर्को मटरसाइकलका चालक इलाम चुलाचुली १ का सुरेन फागो र सोही मोटरसाइकलमा पछाडि सवार धादिङका प्रदीप अर्यालको अवस्था गम्भीर रहेको छ । उनीहरुको विर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।