नयाँ बुलन्द
इलाम : इलाममा जारी तेश्रो अन्तरराष्टिय आमन्त्रण माइभ्याली गोल्डकपमा शनिबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र कञ्चनंजघा फुटबल क्लब भारत भिड्दैछन् ।
क्वाटरफाइनल चरणको खेल केही समयपछि सुरु हुँदैछ । उपाधिका लागि दावेदार मानिएको आर्मी र पाहुना टोलिबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिको छ । आर्मी पहिलो संस्करणको विजेता टिम हो ।
यसअघिको दुई खेलमा नेपाल पुलिस क्लब र रुपन्देही ११ विजयी भई क्वाटरफाइनमा प्रवेश गरेका छन् । पुलिसले आयोजक माइभ्याली फूटबल क्लब र रुपन्देहीले दुर्गापुर स्टील टीएसआइ क्लब कोलकत्ता भारतलाई पराजित गरेको हो ।
२६ चैतसम्म सञ्चालन हुने प्रतियोयितामा विदेशी टिम भारतको कोलकत्ता, आसाम सहित नेपालका ‘ए’ डिभिजन क्लव र विभागीय टिम गरी १० टिम सहभागी छन् ।
माइभ्याली फूटबल क्लब इलाम र जिल्ला फूटबल संघको आयोजनामा जारी प्रतियोगिताका विजेताले चार लाख र उपविजेताले दुई लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडिले १५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्नेछ ।