नयाँ बुलन्द
इलाम : गाउँपालिका र नगरपालिकाका शान्ति समिति र सरोकारवालाहरुका लागि एक दिने क्षमता विकास कार्यक्रम इलाममा सम्पन्न भएको छ ।
स्थानीय शान्ति समिति इलामको आयोजनामा भएको कार्यक्रममा साविकका गाउँ विकास समितिका शान्ति समितिका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय शान्ति समितिका पूर्व जिल्ला संयोजक होम दुलाल, मदन खड्का र केशव धौरालीले सहजीकरण गरेका थिए ।
स्थानीय शान्ति समितिका पूर्व जिल्ला संयोजक भक्त केसीको अध्यक्षतामा भएको कार्यक्रमो उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, राजनैतिक दलका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राजु राईले सञ्चालन गरेको कार्यक्रमको स्वागत स्थानीय शान्ति समितिका पूर्व जिल्ला संयोजक नरेन्द्रनाथ भट्टराईले गरेका थिए ।