नयाँ बुलन्द
इलाम : नेपाल प्रेस युनियन र संघीय प्रेस फोरमले नेपाल पत्रकार महासंघ जिल्ला शाखा इलाममा विहीबार भएको तोडफोडको भ्रत्सर्ना गरेको छ ।
विधानअनुसार पत्रकार महासंघ इलामको अधिवेशन गर्न आग्रह गर्दै महासंघको जिल्ला शाखामा युनियन र प्रेस फोरम लगाएको ताला बिहीबार पत्रकारको एक समूहले फुटाएकोप्रति दुई संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरोध गरेको छ ।
गुण्डा गर्दी शैलीमा महासंघको ताला फुटाउने काम स्वीकार्य नहुने भन्दै नेपाल प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराईले यसको परिणामा गभ्भिर र प्रत्युपादक हुने समेत चेतावनी दिएका छन् । महासंघमा मनपरी गर्ने समुहलाई कारवाही गर्न समेत प्रशासन समक्ष आग्रह गरेको उनले बताए छ ।
उनले यो कदम पत्रकार महासंघ इलामका पत्रकार प्रेम अधिकारी र पाँचथरका पत्रकार लवदेव ढुगानाले इलाम, पाँचथर र ताप्लेजुङमा देखिएको समस्या समाधानका लागि माग गर्दै गरेको आमरण अनसनको सहमती विपरीत भएको भन्दै उत्पन्न परिस्थतीको जिम्मेवार पत्रकार महासंघ कन्द्रीय कार्यालय हुने पनि बताएका छन् ।
यस्तै संघीय प्रेस फोरमका अध्यक्ष ज्ञानु केदेम लिम्बूले पत्रकार महासंघमा भएको गुण्डागर्दी आफ्नो संगठनलाई सह्य नहुने बताए । उनले इँटाको जवाफ पत्थरले दिन संगठन बाध्य हुने चेतावनी समेत दिए ।
आमरण अनसनमा रहेका पत्रकारहरुसँग महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, पुर्व अध्यक्ष किशोर नेपाल, सुरेश आचार्यले इलाम, पाँचथ र ताप्लेजुङ्गको समस्या समाधानका लागि केन्द्रीय मिसन पठाउने सहमती भएको थियो । इलाममा अघोषीत समुहले सो सहमती विपरीत काम गरेको युनियन र फोरमको आरोप छ ।