पत्रकार महासंघ ६२ औं वर्षमा

नयाँ बुलन्द

काठमाडौं : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बुधबारबाट ६२ औं वर्षमा प्रवेश गरेको छ । यसअवसरमा महासंघ केन्द्र, शाखा र प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

केन्द्रीय कार्यालयले बुधवार दिउँसो शुभकामना कार्यक्रम समेत राखेको छ ।

वार्षिकोत्सवको सन्दर्भमा केन्द्रीय सभापति महेन्द्र विष्टले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि महासंघको उद्देश्य हासिल गर्नका लागि आफूहरु पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।

‘मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवि पत्रकारहरको हक हित रक्षाका लागि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि विचलित नभई लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’, विष्टले भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार