सार्वजनिक परामर्श कार्यक्रम सम्पन्न

विमल दहाल

बरबोटे : समान अधिकार समान शक्ति अन्र्तगत स्थाननीय निर्वाचनमा महिला सहभागिता सम्बन्धी एक दिने सार्बजनिक परामर्श कार्यक्रम विहिबार साविक बरबोटे गाविस कार्यालयमा सम्पन्न भएको छ ।

सुनगाभा विकास संस्था इलामको आयोजना तथा संकल्प/नागरिक आवाज धापाखेल ललितपुरको सहयोगमा सम्पन्न कार्यक्रममा आगामी २०७४ साल बैशाख ३१ गते हुन गई रहेको निर्वाचनलाई मध्यनजर गर्दै महिलाको सहभागिता तथा प्रतिनिधित्व र मतदाता शिक्षा सम्बन्धि छलफल गरिएको थियो ।

स्थानीय ४५ महिलाहरुको सहभागिता रहेको कार्यक्रमलाई सुनगाभा विकास संस्थाका कार्यक्रम संयोजक विमल दहाल र समान अधिकार समान शक्ति कार्यक्रमको कार्यक्रम संयोजक दुर्गा फुयाँलले सहजीकरण गरेका थिए । कार्यक्रमको उद्धेश्यमाथि दुर्गा ढुङ्गाना तथा स्वागत मन्तब्य हिमा गौतमले गरेको कार्यक्रमको मन्तब्य महिला सञ्जालकी इन्दिरा लुईटेल, अभियानकर्ता निर्मला लम्साल र नेकपा एमालेकी कमला आचार्य लगायतले गरेका थिए । कार्यक्रमको अध्यक्षता सामाजिक अभियानकर्ता छत्रकुमारी अधिकारीले गर्नुभएको जनाइएको छ ।

सोही प्रकारको परामर्श कार्यक्रम गत बुद्यबार पञ्चकन्यामा, मंगलबार चमैतामा, आईतबार साङ्गरुम्वामा र शुक्रबार धुसेनीमा सम्पन्न भएको सहजकर्ता दहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार