नयाँ बुलन्द
इलाम : लिम्बू विद्यार्थी मञ्च इलामको तेस्रो जिल्ला अधिवेशन आगामी असोजमा हुने भएको छ ।
मञ्चका केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष रामकुमार लिङदमको अध्यक्षतामा आइतबार इलाममा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
अधिवेशनका सम्पन्न गर्न शिवकुमार थेगिमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन भएको छ ।
समितिका सहसंयोजक रुद्र अनमोल थेवे, सदस्य सचिव मा स्पर्श अतित योङहाङ, सह-सचिव सिर्जना फागो, आर्थिक संयोजकमा अस्मिता येक्तेन चयन भएका छन् ।
सदस्यहरुमा इरान आङदेम्बे, गजेन्द्र नेम्बाङ, आशिस लिम्बू , गिरीध्वज योङहाङ, मेनुका नेम्बाङ, शिशिर चेम्जोङ, चित्र मोरोहाङ, दिनेश लिम्बू, सरिता आङदेम्बे, सम्झना येक्तेन, रोचक लिम्बु, विपन फियाक, शान्ता लिङदम र मनु तुम्वापो रहेका छन् । आवश्यकता अनुसार समितिको बैठकले अन्य सदस्यहरु मनोनित गरिने जनाइएको छ ।
बैठक लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य ताराविर लिम्बु र ममता लावतिको उपस्थिति रहेको थियो ।