गजल

सृजना थुलुङ राई, इलाम

तिम्रो महल हुनेछ, मेजमान हुनेछ ।
कुर्सी पद र सम्पती तानातान हुने छ ।

गर्छौ किन लुछाचुडी एउटा स्वार्थ लिइ
सत्ता पाउनै सायद गोलि हानाहान हुनेछ ।

न्याय न्पाएका जनातालाई थमाएर बन्दुक,
बीभतस हत्याहरु यहाँ जानाजान हुनेछ ।

उचालिएको स्वार्थ बडेमानको कुर्सीमा,
महत्वाकांक्षी त्यो शिखर मैदान हुनेछ ।

कठोर मथिङगलको क्रुर आदेशमा,
मायाको अभाव, अदृश्य मुस्कान हुने छ ।

रहे अडिग अझ पनि व्यक्तिगत स्वार्थमा ,
शिघ्र नै संकटमा सबैको पचिान हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार