काँग्रेस र एमालेका मधेस खम्बा फोरम नेपालमा प्रवेश

रौतहट : सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा निस्केको संघीय समाजवादी फोरम नेपालमा काँग्रेस र एमालेका स्थानीय नेता कार्यकर्ता प्रवेशको लहर सुरु भएको छ ।

शनिबार गरुडामा आयोजित कार्यक्रममा काँग्रेस र एमालका स्थानीय खम्बाको रुपमा हेरिने नेताहरु समूहसहति फोरममा प्रवेश गरेका छन् । पूर्व गाविस अध्यक्ष तथा नेपाली कांग्रेसका नेता इन्दुराय यादवको नेतृत्वमा दुई दर्जन नेता कार्यकर्ताहरु फोरममा प्रवेश गरेका हुन् ।

त्यस्तै काँग्रेसका स्थानीय अर्का चर्चित नेता वीरेन्द्र कुमार यादवको नेतृत्वमा समेत सयौं नेता कार्यकर्ता काँग्रेस त्यागेर फोरममा प्रवेश गरेका हुन् ।

त्यसैगरी एमालेका नेता तथा जयनगर गाविसका पूर्वअध्यक्ष वीरेन्द्र यादव एमालेको ठूलो कार्यकर्ताको टीमसहित फोरममा प्रवेश गरेका छन् । नवप्रवेशीलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाएर स्वागत गरेका थिए ।

उनीहरु काँग्रेस र एमालेका मधेसमा चुनावी खम्बाको रुपमा चिनिएका स्थानीय नेताहरु हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार