देश परिवर्तनको मेरुदण्डका रुपमा शिक्षा

नयाँ बुलन्द

इलाम : देश परिवर्तनको मेरुदण्ड शिक्षा भएको भन्दै शिक्षामा गरेर उपलब्धि हासिल गर्न सबै सक्रिय हुन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

शैक्षिक गुणस्तर सुधार्नका लागि पत्रकारीता एउटा गतिलो माध्यम बन्ने शिक्षा पत्रकार समूहको आयोजनामा सदरमुकाममा सञ्चालित शिक्षामा पत्रकारीता बिषयक एक दिने अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

पत्रकारीताको क्षेत्रबाट बिद्यालयमा बिद्यार्थी र शिक्षक बीचको सम्बन्ध सुमधुर बनाउने, शिक्षालाई शिक्षा निति बमोजिम अगाडी बढाउनमा सुसुचित गराउने, जानेर पनि व्यवहारमा लागु नभईरहेको शिक्षण सीपलाई शैक्षिक मुद्धाका रुपमा उठाउने लगायतका र कक्षाकोठाको बाताबरण सम्बन्धिका साना साना कुराहरुलाई पत्रकारीताको माध्यमबाट उजागर गर्नुपर्नेमा पक्षमा जोड दिइएको थियो ।

अभिमुखिकरण कार्यक्रममा डा. बालचन्द्र लुइटेल,  शिक्षा पत्रकार समूहका अध्यक्ष दिपक दहाल र समूहका पूर्व अध्यक्ष सुदर्शन घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षा क्षेत्रको पत्रकारीतामा कलम चलाउँदा शिक्षा सम्बन्धि उठाउने बिषयबस्तुहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार