नेपाल कम्युनिष्ट पार्टीले समानान्तर सत्ता चलाउने

news

काठमाडौ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समानान्तर सत्ता चलाउने निर्णय गरेको छ ।

फागुन २७ गतेदेखि चैत ३ गतेसम्म नुवाकोटको भूकम्प प्रभावित गाउँ थान्सिङमा बसेको केन्द्रीय समिति बैठकले समानान्तर सत्ता चलाउने र जनसत्ताकै चुनाव गर्ने निर्णय गरेको हो ।

भूमिगत शैलीमा बसेको एक साता लामो बैठकमा जनसत्ताको विकास, सरकारद्वारा घोषित स्थानीय तहको चुनावको खारेजी तथा एकीकृत जनजागरण एवम् प्रतिरोध अभियानबारे बहस भएको स्रोतले थाहा खबरलाई जानकारी दियो ।

स्रोतका अनुसार बैठकले जनसत्ता निर्माण गर्ने, स्थानीय चुनाव खारेज गर्न दबाब दिने, जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने तथा एकीकृत जनजागरण एवम् प्रतिरोध अभियान चलाउँदै पार्टी पंक्तिलाई सुदृढ पार्ने निर्णय गरेको छ ।

तीन महिनासम्म देशैभर चल्ने अभियान सञ्चालनका लागि बैठकले ठोस कार्यक्रम पनि तय गरेको छ । अभियानकै क्रममा प्रत्येक जिल्लामा विकास निर्माणको एउटा नमुना काम गर्ने निर्णयसमेत भएको स्रोतले बतायो । त्यसैगरी आन्तरिक सांगठनिक संरचनामा फेरबदल गरिएको बताइएको छ ।

जनयुद्धको २३औं वर्षगाँठको अवसर पारेर महाधिवेशन गरी पार्टीको नाम नेकपा माओवादीबाट नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार