ससफो इलाम नगर अध्यक्षमा तामाङ

नयाँ बुलन्द

इलाम : संघीय समाजवादी फोरम नेपाल इलामको साविक इलाम नगर समितिको प्रथम नगर अधिबेशनले छिकिन तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा चतुरमान फियाक, सचिव सुकवीर लिम्बू, सहसचिव दोर्जे तामाङ र कोषाध्यक्षमा कृष्णकुमारी आचार्य चयन भएका छन् ।

सदस्यहरुमा तिलबिक्रम राई, देबराज राई, निगुर तामाङ, इन्द्रबहादुर थापा, गोमा लिम्बू, शुसिला सुनुवार, सनमाया तामाङ, बुध्दिमान फागो, भिम फियाक, प्रेम जिमी, सिंहबहादुर आङदेम्बे र कौशिला लिम्बू रहेका छन् ।

निवर्तमान नगर अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्धाटन सत्रमा प्रमुख अतिथी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मित्र चापागाई, विशेष अतिथी जिल्ला अध्यक्ष देवेन्द्र राई, उपाध्यक्ष डिकबहादुर बस्नेत, बखतबहादुर आङदेम्बे, छिकिन तामाङ, सचिव याम लिम्बु, सदस्य बसन्ताकुमारी लिम्बू, समाजवादी विद्यार्थी फोरम जिल्ला अध्यक्ष राम राई र चतुरमान फियाकले मन्तब्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार