इलामका स्थानीय तहहरु कार्यान्वयनमा

नयाँ बुलन्द

इलाम नेपाल सरकारले गरेको स्थानीय तहको पुनःसंरचना अनुसार साविकको जिल्ला विकास समिति (जिविस) इलाम जिल्ला समन्वय समितिमा परिणत भएको छ ।

संरचना अनुसार जिल्लामा कायम भएका चार वटा नगरपालिका र छ वटा गाउँपालिका कार्यान्वयनमा आएका छन् । सबैले आफ्नो कार्यालय उद्धाटन गरी कार्यसञ्चालन प्रारम्भ गरेका छन् ।

चार नगरपालिकामा इलाम नगरपालिका, देउमाई नगरपालिका, सुर्योदय नगरपालिका र माई नगरपालिका रहेका छन् । त्यस्तै गाउँपालिकाहरुमा चुलाची गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुक गाउँपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिका भएका छन् ।

नयाँ संरचनाअनुसार इलामका चार नगरपालिकामा कुल जनसंख्या एक लाख ७० हजार सात सय ३० रहेका छन् । छवटा गाउँपालिकामा भने एक लाख १७ हजार एक सय ७८ जना जनसङ्ख्या भएको जिल्ला समन्वय समिति इलामले जनाएको छ ।

जिल्ला समन्वय समितिबाट प्राप्त सूचनाअनुसार नगरपालिकामध्ये इलाममा सबैभन्दा बढी जनसङ्ख्या सुर्योदय नगरपालिकामा ५६ हजार छ सय ९१ जनसङ्ख्या र क्षेत्रफल २५२.५२ वर्ग किलोमिटर रेको छ । त्यस्तै सबैभन्दा कम जनसंख्या माई नगरपालिकामा ३२ हजार पाँच सय ७६ जना र क्षेत्रफल २४६.११ वर्ग किलोमिटर रहेको छ ।

त्यस्तै, गाउँपालिकामा सबैभन्दा बढी फाकफोकथुम गाउँपालिकामा २१ हजार छ सय १९ र सबैभन्दा कम सन्दकुपुर गाउँपालिकामा १६ हजार ६५ जनसङ्ख्या रहेको जनाइएको छ । इलामको सबैभन्दा पुरानो नगरपालिका इलाम नगरपालिकामा ४८ हजार पाँच सय ३६ जनसङ्ख्या र क्षेत्रफल १७३.३२ वर्ग किलोमिटर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार