नयाँ बुलन्द
मोरङ : जिल्लाको पूर्व क्षेत्रमा रहेको पत्रकारहरुले होली पर्वलाई हर्सोल्लाका साथ मनाएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीशनिश्चरे र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । होली पर्व कार्यक्रमलाई नेपाल पत्रकार महासंघ केन्द्रिय पार्षद अर्जुन जम्मेली राई,संचार क्लब नेपाल उर्लाबारीका महासचिव नवराज भट्टराई, पत्रकार भक्तशेर लिम्बू, फिपराज बेघाले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य फोनिज मोरङका सहसचिव मुना तामाङले राखेकी थिइन् । नेपाल पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मोरङका अध्यक्ष दिनेश मिभकले कार्यक्रम संचालन गरेका थिए ।