हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने छैटौ चरणको अभियान सुरु

सुजता सुनुवार

इलाम : इलामका दुई लाख ६६ हजार आठ सय लाई छैटौ| चरणको हात्तिपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ । आगामी चैत्र ५ , ६ , ७ गते इलामका सम्पूर्ण ठाउँमा औषधी खुवाइने जिल्ला जनस्वास्थ्य कार्यलय इलामले हात्तीपाइले रोग निवारण कार्यक्रमको आम औषधी सेवन अभियान अन्तरगत पत्रकारहरुसँगको अन्तरक्रिया गोष्ठीमा आज जानकारी दिएको हो ।

औषधी खुवाउने अभियानको शुभारम्भ चैत्र तीन गते इलामको चोक बजार, बिब्ल्याटे बजार र फिक्कल बजारबाट सुरु गरिने कार्यलयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले बताए ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । यो रोग लागेपछि जाडो लागी ज्वरो आउनु , शरीरमा कम्पन हुनु, गीर्खाहरु आउनु, हात खट्टा सुन्निनु, लामो समयसम्म सुख्खा खोकी लाग्नु लगायतका जस्ता लक्षणहरु देखा पर्छन् ।

सुपरभाइजर बरालका अनुसार रोग फैलन नदिनु , विरामीको संख्यामा कमी ल्याउनु, विरामीहरुलाई दीर्घ रोग, अशक्त र कुरुपता हुनबाट बचाउनु नै  यस अभियानको मूख्य लक्ष्य हो ।

दीर्घ रोगी ,गर्भवती महिला सुत्केरी भएको सात दिनभित्रका महिलाहरुले औषधी खान नमिल्ने र ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई भने जाँच गराएर मात्र औषधी खुवाइने कार्यलयले जनाएको छ ।

इलामका एउटा अस्पताल, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र ४४ स्वास्थ्य चौकी ,एक सय ८७ खोप ल्किनिक, एक सय ८८ गाऊघर ल्किनिक, एक सामुदायिक अस्पताल, पाँच सामुदायिक स्वास्थ्य इकाई र चार नगर स्वास्थ्य केन्द्रमा  एक हजार ७४ जना महिला स्वास्थ्य स्वयम् सेविकाबाट सेवा पदान गरिने कार्यलयका सुपरभाइजर बरालले जानकारी दिए ।

कार्यलयका अनुसार गत मंसीरमा सर्वेका क्रममा इलामका चुलाचुलीमा पाच र गोदकमा दश गरी १५ जनामा यो रोगको संक्रमण भेटिएको छ । अध्ययनका क्रममा इलामका पहाडी क्षेत्रका माबु र माइमझुवा भने खतरामुक्त क्षेत्र घोषणा गरिएको छ । हिमाली तथा उच्च पहाडीका १५ जिल्लामा यो रोग नदेखिएको पाइएको छ ।

हात्तिपाइले रोग विश्वका ८३ मुलुकमा पाइन्छ भने अहिलेसम्म १२ करोड यो रोगबाट संक्रमित भएको भेटिएको छ  ।  छ करोड मानिसको रगतमा यो रोगको परजिवी भेटिएको छ । एक अरब भन्दा बढी मानिसहरुलाई हात्तिपाइले रोग लाग्न सम्ने सम्भावना रहेको कार्यलयले जानकारी दिएको छ ।

अन्तरक्रिया गोष्ठी जनस्वास्थ्य कार्यलय इलामको आयोजनामा भएको हो । कार्यलयका निमित्त प्रमुख टंक प्रसाद चौधरीको अध्यक्षता तथा इलाम अस्पतालका डा. शमिर चापागाईको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार