वाल कल्याण समितिद्वमरा १०१ वालवालिकालाई सहयोग

सुजता सुनुवार

इलाम : जिल्ला वाल कल्याण समिति इलामले शसस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकालाई सहयोग गरेको छ । समितिले सञ्चलन गरेको द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना तथा पुनःएकीकरण परियोजनाबाट एक बर्षमा एक सय एक वालवालिकालाई सहयोग गरेको हो ।

२०७२ पुषदेखी सञ्चालित परियोजनाले समितीले २ बर्ष अघि गरेको सर्वेक्षणबाट प्रमाणित द्वन्द्वपीडित बालबालिकाहरुका लागी शैक्षिक सहयोग, स्वास्थ्य तथा पोषण सहयोग, जिविकोपार्जन, कानुनी सहयोग, मनोसामाजिक परार्मश सेवा प्रदान गरिएको परियोजना अधिकृत लक्ष्मी कणेँलले जानकारी दिए ।

परियोजनाले पहिलो वर्षमा ५३ जना बालबालिकालाई शैक्षिक सहयोग बापत तीन लाख छ हजार प्रदान गरेको छ । जसमा २८ पुरुष र २५ महिला छन् ।

त्यसैगरी २७ पुरुष र ११ महिलालाई आयआर्जन तथा जिविकोपार्जनका लागी पाँच लाख २४ हजार पाँच सय, स्वास्थ्य सहयोग बापत ४ जनालाई ३२ हजार, बैकल्पिक स्याहारका लागी २ जना पुरुष र ४ जना महिलालाई १५ हजार, जोखिममा परेका ५ बालबालिकाको लागी २१ हजार रुपैया सहयोग रकम प्रदान गरिएको कणेँलले बताए ।

द्वन्द्वपिडित बालबालिकाहरुका समाजमा पुनस्थापना गर्नका लागी जिल्लाका दानाबारी, सुर्योदय नगरपालिका, इलाम नगरपालिका र देउमाइ नगरपालिकाका ७४ जना बालबालिकामा  मनोविर्मश सेवा प्रदान गरेको परियोजनाले जनाएको छ ।

२०७४ असारसम्म संचालन हुने परियोजनाको लागी विनियोजित १७ लाख रुपैँया मध्ये हालसम्म इलाममा १५ लाख ९३ हजार रुपैया खर्च भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार