नयाँ बुलन्द
इभाङ्ग : इलामको माङसेबुङ गाउँपालिका-२ स्थित इभाङ्गमा आयोजित चार दिवसीय महिला उद्घोषण तालिम सम्पन्न भएको छ ।
साविक इभाङ्ग गाविस महिला सञ्जाल समितिको आयोजनामा तालिम भएको थियो । तालिममा साविक इभाङ्गका वडाबाट चार जनाका दरले छनौट गरीएका ३६ सहित, आयोजक महिला सञ्जाल र अन्तरपार्टी महिला सञ्जालका गरी ४५ जनाको सहभागिता रहेको छ ।
तालिमको सहजीकरण कान्तिपुर दैनिकका पत्रकार विप्लव भट्टराईले गरेका थिए । १०७ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तालिम आयोजना गरिएको थियो ।
तालिम समापनपछि महिला सञ्जालकी अध्यक्ष राममाया राईले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।