दुर्इ लाख मेगावट बिद्युत उत्पादन हुने क्षमता भएपनि नेपाल अहिलेसम्म भारतकै भरमा

नयाँ बुलन्द

इलाम :  नेपाल एसियामा जलस्रोतको दोस्रो धनीे देश मानिन्छ । छोटो समयको अवलोकनमा इलाममा पानीका मुहानहरु प्रसस्त भेटिएकोले विद्युत निकाल्न सकिने राम्रो सम्भावना रहेको इप्पान अध्यक्ष सैलेन्द्र गुरागाईले बताए ।

इप्पान अध्यक्ष गुरागाईले जलविद्युत विकासमा सहमती एवम् जलविद्युत रिर्पोटिङ्गमा क्षमता अभिवृद्धि सम्बन्धि दुर्इ दिने तालिमको अवसरमा आज यस्तो बताए ।

यस्तै सोही कार्यक्रममा राप्राप्रा नेपालका सांसद लिलादेवी श्रेष्ठले अहिले नेपालमा ३५ प्रतिशत नागरिकले मात्र विद्युत खपत गरिरहेका बताए  । उनले भने ‘बाँकी सम्पर्ण नागरिकले विद्युत उपयोग गर्न पाएका छैनन् ।’ नेपालको वर्तमान अवस्था बक्तीको पिधमा अध्यारो भने झै भएको श्रेष्ठको भनाई छ । सांसद श्रेष्ठका अनुसार देशमा ६ हजार नदिनाला रहेका छन् । यस नदीबाट दुर्इ लाख मेगावट बिद्युत उत्पादन हुने क्षमता छ । यतिका क्षमता भएपनि नेपालले अहिलेसम्म पनि विद्युत भारतबाट आयात गरिरहेका छन् ।

कार्यक्रममा इलाम सहित तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङका २५ जना भन्दा बढि संचारकर्मी सहित जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यशालामा बिषयबस्तु अर्न्तर्गतका सामग्रीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममार् इपानका पूर्व अध्यक्ष खड्ग बहादुर बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो, बिश्वबिद्यालयका र्सुर्यमान शाक्य , बिद्युत बिकास बिभागका पूर्व महानिर्देशक डिल्लि बहादुर सिंह, कारोबार दैनिकका पत्रकार भिम गौतम लगायतले बोलेका थिए ।

कार्यक्रम इप्पान अध्यक्ष सैलेन्द्र गुरागाईको अध्यक्षता तथा सांसद लिलादेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार