नयाँ बुलन्द
इलाम : बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि सम्बन्धी जिल्ला स्तरीय दुई दिने अभिमुखीकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ ।
जिल्ला विकास समिति इलामको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन जिल्ला समिति, राजनैतिक दल, घोषणा उन्मुख गाविसका गाविस सचिव, सामाजिक परिचालक, बाल सञ्जाल, जिल्लास्थित विषयगत कार्यालय र सरोकारवाला संस्थाका ३८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्का, योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडा, कार्यक्रम अधिकृत दिनेश पोड्याल र सामाजिक विकास अधिकृत राम योङहाङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८ तथा बालमैत्री घोषणा कार्यविधि २०७० मा भएको व्यवस्थाका बारेमा छलफल भएको थियो ।
यस्तै सोही कार्यक्रमको अवसरमा जिल्ला बालमैत्री स्थानीय शासन सिमितको अध्यावधिक समेत भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ को परिच्छेद ३ (११) मा भएको व्यवस्था बमोजिम अध्यावधिक गरिएको समितिका अध्यक्षमा स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्का रहेको छन् ।
सदस्यहरुमा शेरबहादुर देवान (अधिकृत प्रतिनीधि, जिल्ला प्रशासन कार्यालय), कप्रसाद गौतम (जिल्ला शिक्षा कार्यालय), जीवनकुमार मल्ल (प्रमुख जिल्ला (जन) स्वास्थ्य कार्यालय), स्कीम श्रेष्ठ (महिला विकास अधिकृत, महिला तथा बालबालिका कार्यालय), विष्णु दाहाल (महिला र बालबालिकाको क्षेत्रमा कार्यरत विकास साझेदार संस्था), शशीदेवी घिमिरे (प्रतिनीधि, गैसस महासंघ जिल्ला शाखा इलाम), वेदमंगल खतिवडा (गाविस सचिव, साँखेजुङ गाविस), वीरध्वज लिम्बू (गाविस सचिव, प्याङ गाविस), गणेशप्रसाद वराल (प्रतिनिधि, गाउँ विकास समिति महासंघ), प्रवेश रिजाल र प्रतिमा कटुवाल (बालबालिका प्रतिनिधि जिल्ला बाल सञ्जाल), देवेन्द्र विश्वकर्मा (महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था), दिनेश पौड्याल (बालमैत्री स्थानीय फोकल पर्सन, जिविस) र सदस्य सचिवमा सामाजिक परिचालक रामकुमार लिम्बू (योङ्हाङ) रहेका छन् ।
महिला तथा वातावरण इकाइ, जिल्ला प्रहरी कार्यालय अधिकृत प्रतिनीधि, जिल्ला बालकल्याण समिति र इलाम उद्योग वाणिज्य संघका प्रतिनिधिको नामावली आउन बाँकी रहको छ ।
त्यस्तै बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणा गर्नका लागि जिल्लाका राजनैतिक दल, सरोकारवाला संघसंस्था र विषयगत कार्यालयहरुद्वारा सामूहिक रुपमा प्रतिवद्धता जाहेर समेत गरिएको थियो ।
कार्यक्रममा