स्थानीय तहको निर्वाचन घोषणाले उत्साह

नयाँ बुलन्द

इलाम : संगीता खाम्दाक जमुना गाविसकी सामाजिक परिचालक हुन् । उनी दिनहु गाविस कार्यालय जान्छिन् र सेवाग्राहीका हरेक काममा सहयोग गर्छिन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत उनको काम गाउँका पछाडी परेका समूदायलाई सामाजिक परिचालनमार्फत क्षमता अभिवृद्धिमा सहयोग गर्दै राज्यको मूलधारमा ल्याउने काम गर्ने हो ।

तर गाविसका हरेक क्षेत्रमा सहयोग गर्नुपर्छ । लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा काम गर्दा थुप्रै कठिनाई भएको उनको अनुभव छ । ‘वडा नागरिक मञ्च गठन भएपछि दलिय भागवण्डा कम भएता पनि जनप्रतिनिधि बिना काम गर्दा सेवा दिने र लिनेलाई नै अप्ठेरो थियो,’ उनले भनिन्, ‘अव स्थानीय तहको चुनाव हुने भएपछि अहिलेसम्म बनेको सामाजिक संरचना र विकासको क्रमलाई थप टेवा पुग्छ ।’

मावु गाविसकी सुलोचना गुरुङलाई पनि उस्तै लागेको छ । राजनीतिक नेतृत्व बिना नै काम गर्दा अपेक्षित उपलब्धी नभएको उनको पनि ठम्याई छ । समयमा चुनाव भए सवै समस्या हट्ने विश्वास उनमा छ ।

योजना छनौटदेखि, कार्यान्वयन लगायतमा जनप्रतिनिधि बिना गुणस्तरीय काम नभएको गुनासो चुलिदै जा“दा स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुले सवैलाई हौस्याएको छ । स्थानीय चुनावकै अभावमा विद्यालय, वन समिति, लगायत विभिन्न क्षेत्रमा देखिएको राजनीतिक प्रतिष्पर्धा हट्नेमा स्थानीयबासी आशावादी छन् । छोराछोरी अपाङ्ग भएकै कारण उच्च शिक्षा अध्ययन गराउन नसकेका भुवन खतिवडालाई पनि चुनाव भए उनको पीडा बुझ्ने निकाय बन्नेमा आशा छ । ‘गाउ“पालिका र नगरपालिकामा जनप्रतिनिधी उपस्थित भए हामी जस्ताको पनि आवज सुनिन्थ्यो की,’ उनले भने ।

पुरानै संरचना अुनसार जिल्लामा ४३ गाविस र तीन नगरपालिका छन् । नयाँ संरचनामा चार नगरपालिका र छ गाउँपालिका सिफारिश गरिएको छ ।

‘स्थानीय तहको चुनाव गराएर जनप्रतिनिधि आउने भएपछि जनताले पाउने सेवा सुविधामा नै सहजता आउछ,’ गाविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष विरध्वज लिम्वुले भने, ‘कर्मचारीको कार्यबोझ घट्ने र हरेक विकासे पूर्वाधार संचालनमा पनि कठिनाई हट्छ ।’

कर्मचारीले स्थानीय क्षेत्रका समस्याहरु मसिनो गरी नबुझ्ने भएकाले जनप्रतिनिधि भए त्यो समस्या हटने अधिकाशको बुझाई घछ । ‘जनताको पिरमार्का बुझेस“गै उत्तरदायित्व पनि उत्तिकै थपिन्छ,’ श्रीअन्तुका निवर्तमान उपाध्यक्ष एकराज घिमिरेले भने, ‘उमेद्वारसँगै दल पनि जिम्मेवार बन्ने भएपछि विक्रिती विसंगतीमा कमि आउँछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार