गुरुकुलको भवन निर्माण सुरु

नयाँ बुलन्द
इलाम  : भवनको अभावमा टहरामा कक्षा संचालन हु“दै बरबोटस्थित सप्तमाई गुरुकुल विद्याश्रममा भवन निर्माण सुरु भएको छ । भारतीय राजदुताबासको सहयोगमा चार तले भवनको निर्माण थालिएको हो । २४ कोठाको भवन निर्माण सकिएपछि विद्याश्रमका सवै कक्षा संचालन गर्न सहज हुनेछ ।

आवाशिय सुविधासहितको भवन तीन करोड ३८ लाख रुपैया“को लागतमा निर्माण हुनेछ । संस्कृत वाङमय अध्ययन अनुसन्धानसहित गुरुकुल पद्धतीवाट वैदिक शिक्षा प्रदान गर्ने उदेश्यकले आठ वर्षअघि विद्याश्रम स्थापना भएको हो । विद्याश्रममा बाल कक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । एक सय २० विद्यार्थीमध्ये अध्ययनरत विद्याश्रममा ७० विद्यार्थी आवासीय छन् ।

व्यवस्थित भवनको अभावमा बा“सको र जस्ताको टहरामा अध्ययन गर्न विद्यार्थी वाध्य छन् । ‘ठूलो पानी पर्दा र घाम लाग्दासमेत पठनपाठन अवरुद्ध हुने गरेको छ,’ प्रधानाध्यापमक भोगेन्द्र दाहालले भने, ‘अव चा“डो भवन निर्माण गर्नमा सवै कृयाशिल हुनेछौं ।’ स्थापना कालमा सदरमुकामस्थित माइस्थान मन्दिरमा कक्षा संचालन भएको थियो । विद्याश्रमले चन्दा संकलन, यज्ञ र विभिन्न स्थानवाट स्रोत जुटाउदै १७ रोपनी जग्गा खरिद गरेको छ ।

१५ महिनामा निर्माण कार्य पुरा हुने गरी ठेक्का सम्झौता भएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार