फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइयो

आयोडिन महिना मनाएपछि सामुहिक फोटो खिचाउँदै ताप्लेजुङ फूलवारीका महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरु । तस्वीर : इन्द्र बजगाँई 

इन्द्र बजगाँई

ताप्लेजुङ :  सदाझै यस वर्ष पनि ताप्लेजुङमा आयोडिन महिना विविध चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

आयोडिन युक्त नूनको प्रयोगलाई बढाउन तथा आयोडिनको महत्व सबैलाई बुझाउन आयोडिन महिना महिनौ सम्म मनाउँदै आइएको हो । जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङ र सुआहारा दुई कार्यक्रमको समन्वयमा ताप्लेजुङका विभिन्न गाविसमा जनचेतनामूलक कार्यक्रम गरी आयोडिन महिना मनाइएको छ ।

यस वर्षको फ्रेबुअरी महिनामा जिल्लाका विभिन्न गाविसमा रहेका विभिन्न विद्यालय,आमा समूह,नागरिक सेचतना केन्द्र,क्लब तथा महिला स्वास्थ्य स्वयम सेविकाहरु संग आयोडिनको फाईदा तथा यसको कमीले देखा पर्ने शारिरिक विकृतिको बारेमा अन्तक्रिया गरी मनाइएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

कार्यक्रम अनुसार फेब्रुअरीको पहिलो र दोस्रो हप्तामा रेडियो सन्देश प्रशारण गरिएको छ भने तेस्रो र अन्तिम हप्तामा विभिन्न समूह,क्लब,विद्यालयमा छलफल तथा अन्तक्रिया गरिएको कार्यालयले जनाएको छ । यस्तै जानकारीमुलक व्यानर तथा बोर्डहरुको प्रदशनी समेत गरिएको बताइएको छ । कार्यक्रममा जिल्लाका कतिपय समुदायका मानिसहरुले प्रयोग गर्दै आएको नूनको परीक्षण समेत गरिएको छ । परीक्षणका क्रममा कतिपय घरमा नूनको सही प्रयोग नभएको र कतिपय घरधुरीमा ढिकेनुनको प्रयोग भइरहेको पाइएको छ ।

ताप्लेजुङका अधिकांश समुदायमा पशुपालन पेशा रहेको र पशुपालक किसानले खुला तथा ढिके नूनको प्रयोग उच्च गर्ने गरिएकोमा अहिले आयोडिन प्रयोग गर्नेहरुको संख्यामा वृद्धिहुन थालेको स्थानीय महिला स्वास्थ्य स्वयमसेविकाहरु बतउँछन् । निघुरादिन १ ताप्लेजुङकी महिला स्वास्थ्य स्वयमसेविका दिलमायाँ खरेलले अचेल आफ्नो समुदायका एका घरबाहेक सबैले दुईबालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नुन प्रयोग गर्ने गरेको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका हेल्थ असिष्टेन सन्दीप नेयोङले आयोडिनको सहीमात्रा पाउन नुनलाई बजारबाट लगेपछि विर्को भएको भाँडोमा बन्द गरेर राख्नु पर्ने र नुनको प्रयोग गर्नुपर्ने खानेकुरा पाकेपछिमात्र नुन लगाउनु पर्ने बताए । उनले आयोडिनको कमी भएमा घाँटीमा रहेको थाइराइड ग्रन्थी सुन्निनु, गलगाँड आउनु,बोधो पना हुनु तथा शारिरिक र मानशिक वृद्धि विकासमा असर पुग्नु,गर्भवती महिलामा गर्भको बच्चाको राम्रो विकास नहुन,कम तौलको बच्चाको जन्मनु,अल्छी लाग्नु,कपाल झर्नु,शरिरमा रासायनि प्रतिक्रिया ढिलो हुनु,तौल बृद्धिहुनु जस्ता समस्याहरु देखिने बताए ।

नेयोङका अनुसार आयोडिन नुन संगै आलु,दूध,उसिनेको अन्डा,माछा,हरिया सागपात तथा पहेँला फलफूलमा पनि प्रशस्त आयोडिन पाइन्छ । एक जना वयश्क मानिसलाई एक दिनमा १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ । यस्तै गर्भवति महिलालाई २ सय २० माइक्रोग्राम,दुधचुसाउने आमाहरुलाई २ सय ९० माइक्रोग्राम आयोडिनको आवश्यकता हुन्छ । यस्तै १ देखि ८ वर्ष उमेर समुहका बालबच्चाका लागि दैनिक ९० माइक्रोगा्रम आयोडिन तत्वको आवश्यकता हुन्छ भने ९ देखि १३ वर्षका बालबालिकाहरुलाई १ सय २० माईक्रोग्राम आयोडिन आवश्यक पर्ने नेयोङले जानकारी दिए ।

नेपाल एक भूपरिवेष्टित राष्ट्र भएकाले यहाँको माटो तथा पानीमा प्रशस्त आयोडिन तत्व नपाइने हुँदा आयोडिनको कमी हुन नदिन आयोडिन मिसाइएको नुन प्रयोग गर्नु नै उत्तम विकल्प हुने विज्ञहरुले सुझाब छ ।

विश्वमा विगत २ दशक देखि यो महिनालाई आयोडिन महिनाको रुपमा मनाइदै आएको छ । नेपालमा २०५५ मा को आयोडिन नुन ऐन अनुसार सबै खानमिल्ने नुनमा निरीक्षण गरी आयोडिन मिसाउने रणनीति बनेको थियो । यस्तै २ बालबालिकाको चिन्ह अंकित आयोडिन नुनको पहुच बढाउने तथा फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा मनाउने रणनीति बनिए पनि आर्थिक वर्ष २०७०÷७१ बाटमात्र ७५ वटै जिल्लामा यो महिनालाई आयोडिन महिनाको रुपमा मनाउन थालिएको छ । नेपाल सरकारले सन २०१७ को अन्त्य सम्ममा करिब ९० प्रतिशत घरधुरीमा आयोडिनको प्रयोग गराउने र आयोडिनको कमीबाट हुने विकृतिलाई निर्मुल पार्ने लक्ष्य लिएको छ ।

खुला सिमानाको कारण नेपाली बजारमा विभिन्न थरीका नुन आउने गरेको पाइएको छ । शरिरलाई फूर्तिलो र दिमागलाई तेजिलो बनाउने आयोडिन तत्वको कमि हुन नदिन सरकारले नुनको विक्रि वितरणमा एकरुपता ल्याई दुईबालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नुनलाई मात्र बजारमा ल्याउन सक्नु पर्छ अनिमात्र यसको प्रयोगमा उल्लेख्य वृद्धी हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार