नया बुलन्द
इलाम : शसस्त्र द्धन्द्धका समयमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले पीडितहरुबाट उजुरी लिने समय एक महिनाका लागि थप गरेको छ ।
फागुन महिनाभित्र काम शुरु गर्ने भनेको आयोगले फागुन १५ गतेदेखि चैत १५ गते सम्म पुनःउजुरी लिने मिति तोकेको आयोगका प्रवक्ता विष्णु पाठकले जानकारी दिए ।
यसअघि उजुरी लिएपनि कतिपय छुट भएका वेपत्ता व्यक्तिका परिवारलाई पनि समेट्ने गरि पुनःउजुरी लिने समय थप गरिएको प्रवक्ता पाठकको भनाइ छ । वेपत्ता आयोगले इलाममा २५ जना वेपत्ता पारिएका व्यक्तिको नाममा खोजी तथा छानविनका लागि उजुरी परेको जनाएको छ । आयोगले वेपत्ता व्यक्तिका पारिवारलाई पहिला जस्तै जिल्लास्थित शान्ति समितिको कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।
वेपत्ता आयोग चाँडै एन्टीमार्टम फारम लिएर वेपत्ता परिवारका घर–घरमा आउने तयारी भइरहेको पाठकले जानकारी दिए ।