नयाँ बुलन्द
इलाम : फूल हेरचाह तथा कटाई सम्बन्धी सात दिने तालिम इलाममा सुरु भएको छ ।
पुम नेदरल्याण्डको सहयोगमा बागवानी संकाय महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको आयोजना सुरु भएको तालिममा ८० जनाको सहभागीता छ ।
तालिमको सहजीकरण नेदरल्याण्डका पुष्प व्यवस्थापन विशेषज्ञ जानकीयाले गरिरहेका छन् । तालिममा किसान तथा विद्यार्थीलाई फूल सम्बन्धी जिज्ञासा, सजावट र बजारीकरणका बारेमा जानकारी गराइने बताईएको छ ।