नयाँ बुलन्द
इलाम : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल इलामको एकता भेला सम्पन्न भएको छ ।
एकता भेलाले प्रविण तिम्सिना इन्चार्ज रहने गरी जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । समितीको सहइन्चार्जमा अग्नी तामाङ, राम राई, नरेश तामाङ, ताराबाबु सुवेदी रहेका छन् । त्यसै गरी पुर्नसंरचना अनुरुप अव बन्ने नगरपालिका र गाँउपालिकाहरुको सम्मेलन सम्पन्न गर्नका लागी संयोजकहरु पनि तोकिएका छन् ।
माइ नगरपालिकाको लागि दिनेश राई, देउमाइ नगरपालिकाका लागि भुपाल लिम्बु, इलाम नगरपालिकाका लागि बिक्रम लिम्बु, सुर्योदय नगरपालिकाका लागि सुवास ढकाल, चुलाचुली गाँउपालिका सन्तोष राई, फाकफोकथुम गाँउपालिका इमराज लिम्बु, माङसेवुङ गाँउपालिका राजकुमार राई र रोङ्ग गाँउपालिकामा निर्मल तामाङलाई संयोजक तोकिएको छ । सन्दकपुर गाँउपालिकाको लागि भने संयोजक तोकिएको छैन ।
भेलाले आगामी चैत्र १० गतेभित्र सवै नगरपालिका र गाँउपालिकाको सम्मेलन सकेर चैत्र १९ गते जिल्ला सम्मेलन सक्ने निर्णय गरेको छ । नरेश तामाङको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी माओवादी केन्द्रका पोलिटव्युरो सदस्य धिरेन्द्र शर्मा रमण रहेका थिए ।