निर्वाचन घोषणा स्वागतयोग्य : खनाल

Image result for jhalanath khanal

नयाँ बुलन्द

इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले स्थानीय निकायको चुनावका लागि मिति घोषणा गर्नु सकरात्मक कदम भएको बताएका छन् । झण्डै २ दशकदेखि स्थानीय निकायमा जनप्रतिनिघि बिहिनभएको अवस्थामा सरकारले चुनावको मिति घोषणा गर्नु स्वागत योग्यभएको बताए ।

इलामको साखेजुङस्थित बन्चरे गोलाईमा सामुदायिक सडकको उद्घाटन गर्दै खनालले एमालेले सरकारलाई पटक पटक निर्बाचन गर्नका लागि दबाब दिएकाले सरकारले मिति घोषणा गरेको बताए ।

उनले एमाले स्थानीय निकायको चुनाबमा जान तयार भएको कारण सरकारले तोकेकै मितिमा निर्बाचन गर्न सबै पक्ष तयार रहनु पर्ने धारणा राखे । नेता खनालले सरकारले स्थानीय निकायको चुनाब घोषणा गरेको थाहा पाएपछि स्थानीय जनतामा समेत हर्षोउल्लास बढेको समेत बताए ।

उनले अहिलेको समयममा संबिधान संसोधनगर्दा नेपाली जनताका हितमा नहुने कारणले अहिलेको समयमा संबिधान संसोधन भन्दा पनि कार्यान्वयन गर्न एमालेले दबाब दिइरहेको बताए ।

फरक प्रशङगमा नेता खनालले एमाले सधैं देशको स्वतन्त्रता र अखण्डताको पक्षमा रहेको दावी गरे । उनले लोकतन्त्रलाई संस्थागत गर्नका लागि एमालेले सधै सरकार वा प्रतिपक्ष जुनसुकै अवस्थामा पनि कटीबद्ध भएर लाग्ने दावी गरे ।

बाटो जापानी राजदुताबासको सहयोगमा निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार