नयाँ बुलन्द
झपा : नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेद्वार पत्रकार गोपाल काफ्लेलाई १३ मते पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाले प्राप्त गरेको मत १ सय २९ छ भने काफ्लेले १ सय १६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष खुल्लामा एकराज गिरी १ सय ५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी पत्रकार गोपाल झापालीले ९४ मत प्राप्त गरे । महिला उपाध्यक्षमा भीमा शिवाकोटी १ सय ४८ मत ल्याई विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी लीला अनमोलले ९२ मत प्राप्त गरेकी छिन् । सचिवमा सन्तोष आचार्य १ सय २३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी गिरीराज भट्टराईले १ सय १८ मत प्राप्त गरेका छन् ।
सहसचिव खुल्लामा केशव भट्टराई १ सय ५२ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी अर्जुन कार्कीले ९२ मत प्राप्त गरेका छन् । समावेशी सहसचिवमा इन्द्रजीत मुखिया १ सय ३२ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी आत्माराम राजवंशीले १ सय ७ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा १ सय २८ मत ल्याई इश्वर अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी याम विमलीले १ सय १५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा शुष्मा राजवंशी, रञ्जीत परियार, अनिलदेव राई, उत्तम नेपाल, देवु बानियाँ, पार्थ मण्डल, विनोद सापकोटा, रञ्जित प्रसाईं, रमेश तिवारी, लक्ष्मी काफ्ले, लीलाराज झापाली र सुशीला संग्रौला निर्वाचित भएका छन् ।