नयाँ बुलन्द
काठमाडौं : संघीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश सम्पर्क समितीको प्रथम एकताको अधिवेसनबाट उपेन्द्र लावती अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न अधिवेसनले लावतीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिती गठन भएको छ । समितिको उपाध्यक्षमा भवानी आङदेम्बे र पूर्णबहादुर गिरी, सचिव भेषराज चेम्जोङ, सहसचिव गोमा भुसाल र कोषाध्यक्षमा तारावीर लिम्बू चयन भएका छन् ।
सदस्यहरुमा बिराज आङदेम्बे, एतराज चेम्जोङ, रुपध्वज साउदेन, देवेन्द्र नेम्वाङ, सुवास पालुङवा, कुमार जबेगू, राजकुमार गोले, उत्सव लिम्बू (सङबाङफे), महेन्द्र लुम्फुङवा, नितेश सिङगक, रत्ना लिङेदन लावती दिलकुमार सम्बाहाङफे, यज्ञबहादुर घिसिङ, दिलीप आङदेम्बे, हेमा लिम्बू, बिष्णुकुमार राई, अनिला लावती, मनु लावती र पबित्रा लिङदेन रहेका छन् ।
कार्यक्रम संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिस्ठ नेता असोक राई र रकम चेम्जाङले सम्बोधन गरेका थिए ।