
नयाँ बुलन्द
काठमाडौं : नेकपा माओवादी केन्द्रका एक जना शीर्ष नेताको अगुवाईमा ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । माओवादी केन्द्र खोटाङका जिल्ला सचिव बच्चु राईको नेतृत्वमा नेता कार्यकर्ताहरुको समूह फोरम नेपालमा प्रवेश गरेको हो ।
संघीय समाजवादी फोरम नेपाल खोटाङ–काठमाडौं सम्पर्क समितिले शुक्रबार तीनकुनेस्थित पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा उनी माओवादी केन्द्र परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । उनीसहित विभिन्न जिल्लाका गरी दुई दर्जन युवाहरु समेत पार्टी प्रवेश गरे ।
बच्चु राई पुराना कम्युनिष्ट नेता तथा खोटाङ जिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्थे । पहिचान र समानुपातिक समावेशी नीतिका विषयमा पार्टीले ठोस अडान र मुद्दा पक्रिन नसकेकाले आपूm संघीय समाजवादी फोरममा प्रवेश गरेको उनले बताए ।
उनले अब संघीय समाजवादी फोरमको नीति, सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्नका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले अविरको टिका लगाएर बच्चु राईका टिमलाई पार्टीमा प्रवेश गराएका हुन् ।