नयाँ बुलन्द
इलाम : सरकारी वकिल कार्यालयले सम्पादन गर्ने कार्यका सम्बन्धमा अन्य सरकारी कार्यालयसँग एक दिवसीय अन्तरक्रिया इलाममा सम्पन्न भएको छ ।
उच्च सरकारी वकिल कार्यालय इलामको आयोजनामा भएको अन्तरक्रियामा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधी, संचारकर्मी लगायत ५० जनाको उपस्थिती रहेको थियो ।
निमित्त सहन्यायधिवक्ता निर्मला योङयाको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका माननिय न्यायधिश रमेश पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको बिशेष अतिथी माननिय न्यायधिश रमेशबहादुर थापा, अच्युतप्रसाद भण्डारी र जिल्ला न्यायधिश नवराज दाहाल रहेका थिए।
कार्यक्रममा आफनो कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्यायधिवक्ता रिद्धिनाथ निरौलाले पुष महिनामा भएको सरकारी वकिलको राष्ट्रिय सम्मेलन र माघमा भएको प्रहरी र सरकारी वकिलको राष्ट्रिय सम्मेलनले पारित गरेको प्रस्तावका विषयमा जानकारी प्रदान गरेका थिए ।
उनले सरकारी कार्यालयहरु सरकारी वकिलका सल्लाह नलिइ विभिन्न कार्य गर्ने गरेकाले अव उप्रान्त सवै सरकारी कार्यालयले सरकारी वकिललाई सल्लाहकारका रुपमा नियुक्त गर्नुपर्ने बताए । यदी त्यसो नभएमा त्यस कार्यालयमा आइपर्ने झमेलाको सम्वन्धमा सरकारी वकिलहरुले कामकारवाहीमा कुनै प्रकारको सहयोग नगर्ने समेत प्रष्ट पारे ।
कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडका, निमित्त प्रमुख जिल्ला अधिकारी सुजन फागो, नेपाल बारका केन्द्रिय उपाध्यक्ष मदन खडका, जिल्ला न्यायधिश नवराज दाहाल, उच्च अदालत इलाम इजलासका न्यायधिश रमेश पोखरेलले मन्तव्य राखेका थिए ।
उच्च सरकारी वकिल कार्यालयका शाखा अधिकृत मुकुन्द कुमार रेग्मीले स्वागत गरेको कार्यक्रमलाई नायव सुव्वा रामप्रसाद पोखरेलले संचालन गरेका थिए ।