अब अनलाइनबाट मिनेटमै सेयर हाल्न सकिने, एसबिआईले सुरु गर्यो झन्झटरहीत नयाँ प्रविधि

काठमाडौं : सेयर आवेदन भर्न घन्टौं लाइनमा बस्नुपर्ने, चेक काट्नुपर्ने वा नगद बोक्नुपर्ने, आवेदन फारममा त्रुटी हुने  चेकमा हस्ताक्षर नमिल्ने जस्ता समस्या झेल्दै आएका लगानीकर्तालाई त्यस्ता समस्याबाट मुक्त गर्नेगरी एसबिआई मर्चेन्ट एण्ड बैंकिङ लिमिटेडले नेपालमै नयाँ प्रयोगको सुरुवात गरेको छ ।

अब लगानीकर्ताले मोवाइलको बटम दबाएर क्षणभरमा आफूले चाहेको कम्पनीको एफपिओ, आइपिओ वा राइट सेयरको आवेदन भर्नसक्ने भएका छन् । सेयर आवेदन फर्ममा भर्नुपर्ने कुराहरु सुरुमा एक पटक अनलाइन फर्म भरेर भेरिफाइ गरेपछि त्यसपछिका जुनसुकै कम्पनीको सेयर भर्ने काम बढिमा एक मिनेटमा सजिलै सकिने छ ।

मुलुकको जुनसुकै स्थानबाट आफ्नो स्मार्ट फोनमा भएको मेरो साथी नामक मोवाइल एप्लिकेशनको माध्यमले सेयर भर्न सकिने एसबिआई मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश घिमिरेले बताए । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनअनुसार धेरै कम्पनीहरु आश्वामा दर्ता भइसके पनि अनलाइनबाटै सेयर आवेदन सुविधा भने एसबिआईले पहिलो पटक सुरुवात गरेको हो ।

यसरी हुन्छ सहज

एसबिआई मर्चेन्टले सुरु गरेको नयाँ प्रविधिअनुसार आश्वा (धितोपत्र दरखास्त संकलन गर्ने प्रणाली) क्रियट भइसकेपछि ग्राहकले मोवाइल एप्लिकेशनभित्र छिरेर जम्मा तीनवटा सामान्य प्रक्रिया पूरा गर्नुपर्छ । एउटा आफूले सेयर हाल्न चाहेको एउटा कम्पनी सेलेक्ट (छनोट) गर्ने । त्यसपछि कति कित्ता सेयर एप्लाई (आवेदन) गर्ने हो ? त्यो सेलेक्ट गर्ने र तेस्रोमा छनोट गरिएको कित्ताअनुसारको रकम सेलेक्ट गर्ने ।

आफूले सेलेक्ट गर्ने कित्ता पनि सय, पचास, दश, बिस कति गर्ने हो ? त्यो एप्लिकेशनमै सेलेक्ट गर्न सकिन्छ । त्यसको लागि टाइप गरिरहनुपर्ने हुँदैन । कम्पनी, कित्ता र रकम सेलेक्ट गरेपछि सबमिट गर्ने । यसबाट सेयर हाल्न हरेक पल्ट कलेक्शन सेन्टर धाउनुपर्ने, लाइन बस्नुपर्ने, चेक काटनुपर्ने, फर्म भर्नुपर्ने जस्ता समस्या रहँदैन । त्यो पनि आफ्नो मोवाइलबाटै आफ्नै घर, अफिस, रेष्टुरेन्टबाट गर्न सकिने बढिमा एक मिनेटमा गर्न सकिन्छ ।

सिइओ घिमिरे भन्छन्– यो अनलाइन सेवा यति रोबष्ट र फाष्ट छ कि हरेक लगानीकर्ताको व्यस्त समय, खर्चलाई बचत गर्दै विना कष्ट हरेक कम्पनीमा आफूले चाहेअनुसार सेयर भर्न सजिलै सक्नेछन् । एसबिआईले सुरु गरेको पहिलो सेवा हो ।

यस किसिमको सेवा लिन ग्राहकले एक पटक भने सुरुमा बैंक पुगे पुग्छ । ग्राहकले पहिलो नै आफ्नो प्रोफाइल मेनटेन (विवरणहरु अद्यावधिक) गरेपछि एबसिआईको अनलाइन आश्वा सेवा लिन सकिन्छ । सोही प्रोफाइल मोवाइल एपबाट हरेक कम्पनीको सेयर अनलाइनमार्फत आवेदन गर्दा त्यहाँबाट अटोमेटिक डाटा रिट्राइभ भएर नेपाल धितोपत्र बोर्डले तोकेको अनुसुची ४ को फारम आफैं भरिन्छ ।

हरेक आइपिओ वा आइपिओ भर्ने बेलामा तीन पुस्ते सारा बिबरण भरिरहनु नै पर्दैन । कुन बैंकको खाता नम्बर कति छ ? भनेर हेरिरहनु पर्दैन । डिपी एकाउन्ट नम्बर कति हो ? कन्फ्युज भइरहनुपर्दैन । त्यति तीन वटा कुरा इन्ट्री गरेर सबमिट गरेको भरमा हरेक हरेक कम्पनीको सेयर हाल्दा आफ्नो बिवरण आफै भरिन्छ ।

सुरुमा बैंक आएर आफ्नो रजिष्ट्रेशन फर्म भेरिफाइ गरेर युजर आइडी र पासवर्ड लिएपछि उसले कहिल्यै बैंक आउनु पनि पर्दैन । घिमिरे भन्छन्– हामीले हाम्रै आइटी टिमलाई प्रयोग गरेर एफवान सफ्टसँगको सहकार्यमा यो गरेको हो । यो अहिले परिक्षणको रुपमा छ । चाडै लन्च गर्ने तयारीमा छौं ।

सेबोनले अहिले एफपिओ र आइपिओलाई अनिवार्य आश्वा लागू गर्ने हिसावले गइरहेको छ । पूर्णरुपमा आश्वा लागू भइसकेको छैन । राइट सेयरको हकमा अझै पनि बोलेको छैन ।

आश्वामा अहिलेसम्म भौतिकरुपमा मात्रै काम हुँदै आएको छ । कुनै पनि मानिसलाई आश्वा अन्तर्गत सेयर आवेदन दर्ता गर्नुपर्यो भने आश्वा लाइसेन्स प्राप्त कुनै बैंकमा सशरिर उपस्थित भएर आफ्नो आवेदन टेण्डर गर्नैपर्छ । एसबिआईको यो अनलाइन प्रणालीले त्यो झन्झटलाई पनि पूर्णरुपमा अन्त्य गरेको छ ।

यो किसिमको अनलाइन सर्भिस सुरु गर्ने हामी पहिलो हो । कसैको पनि यस किसिमको सेवा छैन । यसले हजारौं लगानीकर्तालाई एसबिआई बैंकको यो सेवामा आकर्षित गर्ने हाम्रो विश्वास छ । यदी कसैले एसबिआईको आश्वा अनलाइनमा आफूलाई सदस्य बनाएको छ भने अब खुलेका कुने पनि सेयरमा उसले विना झन्झट मोवाइलबाटै बढिमा एक मिनेटमा सेयर भर्न सक्छ । यो भनेको नेपालको सेयर बजारमा एक खालको क्रान्ति नै हो ।

कसरी रजिष्ट्रेशन गर्ने ? 

उदाहरणको लागि कुनै कम्पनीको आइपिओ आयो । आइपिओको एप्लिकेशन सबमिट गर्न लगानीकर्तालाई अहिले दुई वटा बाटा छन् । कि त पहिलाको जस्तै लाइन बसेर भौतिकरुपमा फर्मको डिटेल भरेर, चेक संलग्न गरेर लगेर कलेक्शन सेन्टरमा बुझाउनु पर्छ । अनि मात्रै त्यो फर्म इशु म्यानेजरकोमा आइपुग्छ । यो भनेको परम्परागत भयो ।

अझै पनि लगानीकर्ता, जो प्रविधिमा अभ्यस्त भइसकेका छैनन, उनीहरुले अहिले पनि त्यो बाटो अपनाउन सक्छन् ।

दोस्रो उपाय भनेको एफपिओका लागि इच्छुकले एसबिआई बैंकको वेभ पोर्टलमा जाने । त्यहाँ आश्वाको फिल्डमा क्लिक गर्ने बित्तिकै उसले सोध्छ तिमी आश्वाको सब्सक्राइस (सदस्य बन्ने) गर्ने हो ? भनेर । गर्ने हो भन्यो भने तिमीले आफूलाई रजिष्टर गर भन्छ । रजिष्ट्रेशन गर्न सम्पूर्ण विवरणहरु माग्छ ।

त्यो विवरण भर्न त्यस्तै पाँच–सात मिनेट, बढिमा दश मिनेट लाग्छ । रजिष्ट्रेशन गर्दा हामीले बढिभन्दा बढि धेरै विवरणहरु लिने प्रयास गछौं । किनभने यो एक पटक मात्रै हो र पछि सधैंको लागि हो । रजिष्टर भइसकेपछि त्यही अटो जेनेरेटेड नम्बर दिइन्छ । त्यो नम्बर लिएर सेवाग्राही एसबिआई बैंकको जुनसुकै शाखामा गएर आफूलाई भेरिफाइ गर्न सक्छ ।

शाखामा गएर आफ्नो आश्वाको सदस्यता दर्ता नम्बर देखाएपछि बैंकको कर्मचारीले सोही नम्बरका आधारमा फर्मको प्रिन्ट निकाल्छ । त्यही बैंकले लगानीकर्ताको वरिजिनल हस्ताक्षर पनि गराएर रेकर्डमा राख्छ । त्यसपछि उ आश्वाको स्थायी सदस्य हुन्छ । त्यसपछि उसले कुनै पनि कम्पनीको एफपिओ, आइपिओ र राइट सेयर भर्नुपर्यो भने अनलाइनबाटै भर्नसक्छ ।

सदस्य भइसकेपछि उसले आफ्नो युजर आइडी लगइन गर्नासाथै सम्वन्धित व्यक्तिको नाम आइहाल्छ । त्यहीं यो यो कम्पनीको एफपिओ, आइपिओ र राइट सेयर खुलेको छ भन्ने देखाउँछ । त्यसमध्ये कुन कम्पनीको सेयर भर्न खाजेको हो ? सेलेक्ट गर भनेर सिस्टमले भन्छ । एउटा सेलेक्ट गर्नासाथै आफूले दर्ता गरी बैंकमा गएर भेरिफाइ गरेको विवरणहरु रिट्राइभ भएर आफैं आउँछ । त्यसपछि कति कित्ता र कति रकमको सेयर गर्ने हो ? त्यो भरेर सबमिट गरेपछि पुग्छ ।

सिइओ घिमिरे भन्छन– अहिलेसम्मको हाम्रो प्रणालीअनुसार लगानीकर्ताले भरेको एप्लिकेशन फर्मलाई हामी डाउनलोड गछौं । डाउनलोड गरेको फर्मकै आधारमा खाता डेबिट गछौं । किनभने अहिलेसम्म फिनाकलसँग टच भइसकेको छैन । टच भइसकेपछि अटोमेटिक लियन मार्किङ (खाता ब्ल्क) हुन्छ । त्यो भइसकेपछि लगानीकर्ताले सेयर एप्लिकेशन फर्म सबमिट गरेको सेकेन्डमै फिनाकलमा हिट गरेर फिनाकलमा भएको रकममध्ये आवश्यक रकम रोक्का भएर तिम्रो यति रकम रोक्का भयो भनेर सम्वन्धित व्यक्तिलाई एसएमएस अलर्ट जान्छ ।

फिनाकलबाटै सोझै रकम डेबिट गर्ने कुरा तत्काल नभए पनि त्यसका लागि काम भने भइरहेको उनले बताए । यसमा लगानीकर्तालाई कुनै झन्झट छैन । बरु फिनाकलसँग टच नहुँदासम्म बैंककै बैंकरहरुलाई नै ह्यासल (झन्झट) छ । लगानीकर्ताले सबमिट गरेको फर्म बैंकका कर्मचारीहरुले म्यानुअल्ली (भौतिकरुपमा आफैं) खातामा गएर कति पैसा ब्लक गर्नुपर्ने हो, त्यो गरेर त्यसको एडभ्वाइस पठाइदिनुपर्ने हुन्छ ।

अहिलेको प्रणालीले त्यस्तो एडभाइस पठाउँदा सम्वन्धित व्यक्तिको खातामा पैसा भए रोक्का गरेर त्यसको जानकारी एसएमएसमार्फत पठाइदिने र पैसा नभए वा नपुगे भने मार्फ गर्नुहोला, बैंकमा सम्पर्क गर्नुहोस भनेर जानकारी दिने काम हुन्छ । त्यसका लागि केही घण्टा लाग्छ । लट लट अनुसार गर्नुपर्ने हुँदा केही समय लाग्ने घिमिरेको भनाई छ । लगानीकर्ताले सेयर हाल्नलाई रकम रोक्का गर्न गरेको अनुरोध पूर्ण भयो भएन भन्नलाई आफूलाई एसएमएस आयो आएन भन्ने कुरामा भने ख्याल गर्नुपर्छ ।

यसको अर्को फाइदा भनेको भर्नुपर्ने डिटेल भरिएन, अपूर्ण विवरण भयो, फर्ममा रित पुगेन भने आश्वाको निवेदन अस्वीकृत हुनसक्छ । सेबोनले भनेको पनि त्यही छ । भोलि अलर्टमेन्ट (सेयर बाँडफाँड)मा उसलाई समावेश नगराउन सक्ने हुन्छ । तर एसबिआईको यो प्रणाली यसरी विकास गरिएको क कि त्यो फर्म गल्ती हुने गुञ्जायसै हुँदैन । अनलाइन फर्म रजिष्ट्रेशन गरेपछि लगानीकर्ता ढुक्क भए हुन्छ । गल्ती हुनसक्ने कुराहरु स्रोतमै रोकिएकोले सेयर आवेदनमा गल्ती हुने संभावनै रहँदैन ।

कम्पनीको नाम छनोट गर्ने कुरामा, आफूले भर्न चाहेको सेयर कित्ता र सोअनुसारको रकम भर्ने सामान्य कुरामा पनि कसैले गल्ती गर्छ भने त त्यसमा बैंकको केही लाग्दैन, सिइयो घिमिरेले भने । भोटेकोशीमा हाल्नुपर्ने सेयर तामाकोशी सेलेक्ट गर्नु भएन । त्यस्तो हुने भने नगन्य हो । त्यही पनि सबमिट गर्ने बेलामा तपाईंको सेलेक्शन ठिक छ ? भनेर सिस्टमले सोध्छ । ठिक भए नभएको कुरामा लगानीकर्ता आफू विश्वस्त हुनुपर्यो । तीनवटा मात्रै फिल्ड भर्दा गल्ती हुने संभावना निकै न्यून मात्रै हुन्छ ।

अबको योजना पोर्टफोलियो म्यानेजमेन्ट

एसबिआई मर्चेन्टले अनलाइन आश्वाको सुरुवातपछि आफ्नो योजना भनेको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस भएको बताएको छ । नेपालको यसको निकै संभावना भएकोले आफूहरु फोर्टफोलियो म्यानेजमेन्टमा केन्द्रीत भएर लाग्ने बताउँदै सिइओ घिमिरेले यसलाई पनि नयाँ प्रविधिमै आधारित भएर अगाडि बढाउने बताए ।

उनले भने– भनौं न कसैसँग पैसा छ । एसबिआई बैंकको पोर्टफोलियो म्यानेजमेन्ट उसलाई सर्भिस लिनुपर्यो । वा भनौं एसबिआईको विज्ञताबाट लगानी गर्दा आफ्नो पैसाबाट कमाई हुन्छ भन्ने उसलाई विश्वास भयो भने आफूसँग भएको पैसा लगानी गर्न यो सर्भिस लिनसक्छ ।

यो भनेको पनि एउटा लगानीकर्तालाई बैंक नधाइकन आफूसँग भएको स्मार्ट फोनबाटै एसबिआई बैंकमा पोर्टफोलियो म्यानेजमेन्टका लागि एप्लिकेशन सबमिट गर्ने, खाता डेबिटको अथोरिटी दिने जस्ता काम एक क्लिकमा हुनसक्छ । त्यसका लागि आवश्यक काम भइरहेको जनाइएको छ ।

कर्पोरेट नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार