नयाँ बुलन्द
मोरङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको चौथो जिल्ला अधिवेशन आइतबार पथरीमा सम्पन्न भएको छ ।
अधिवेशनले दिनेश सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिका उपाध्यक्षमा राम लावती, सचिव अनिल श्रेष्ठ, सहसचिव मुना तामाङ्ग र कोषाध्यक्षमा नारायण राई चयन भएका छन् ।
सदस्यहरुमा सिर्जना लिम्बू, सन्दिप राई, खनेन्द्र राई (अर्जुन), पर्वत राई (घनश्याम), रेखा गुरुङ र विजय खम्बू रहेका छन् । बाँकी दुई सदस्य नवनिर्वाचित समितिको बैठकले मनोनित गर्ने बताईएको छ ।
त्यस्तै अर्जुन जम्नेली, शक्तेशर लिम्बू, शोखिन वान्तवा र फिपराज बेघा केन्द्रीय प्रतिनिधिमा चयन भएका छन् । प्रदेश प्रतिनिधिका लागि सन्तोष राई, विजय धिमाल र प्रेम देवान चयन भएका छन् ।
अधिवेशन निवर्तमान आदिवासी पत्रकार महासंघ (फोनिज) का अध्यक्ष शौखिन वान्तवाको अध्यक्षता र फोनिजका पूर्वाञ्चल संयोजक शाहीमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।