दानाबारीमा अन्तरक्रिया

नयाँ बुलन्द

दानाबारी : गाविसबाट विनियोजित रकमबाट गरिने लक्षित समूह विकास कार्यक्रम सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम इलामको दानाबारीमा भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद दानाबारीको आयोजनामा चालु आर्थिक वर्ष ०७३/७४ को लक्षित समूह बजेटबाट के-कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा महासंघमा आवद्ध १० वटा जातिय संस्थाहरुको सहभागितामा रहेको थियो । जातीय संस्थाका अध्यक्ष र सचिवहरुको सहभागिता थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ दानाबारीका अध्यक्ष बिरु पापोको अध्यक्षता तथा सहजीकरणमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार