५ वर्षमा ५३ हजारले राहदानी बनाए

सुजता सुनुवार

इलाम : इलाममा पाँच वर्षमा ५३ हजार भन्दा बढिले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार २०६८ सालदेखि हालसम्म ५३ हजार नौ सय ४७ जनाले राहदानी बनाएका छन् ।

राहदानी बनाउनेमध्ये ३४ हजार दुई सय ३६ जनाले सामान्य तरिकाले राहदानी बनाएका छन् । १९ हजार सात सय ११ जनाले द्रुत सेवा (फास्ट ट्रयाक) बाट राहदानी बनाएका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा नौ हजार पाँच सय ३७ जनाले बनाएको राहदानीमा द्रुत सेवामा (फास्ट ट्रयाक) मा एक हजार नौ सय ६५ जनाले राहदानी बनाएका हुन् । चालु आर्थिक वर्ष ०७३÷७४ को हालसम्ममा राहदानी बनाउनेको संख्या तीन हजार नौ सय ४७ ले राहदानी बनाएको तथ्याङ्क छ । जसमध्ये द्रुत सेवाबाट सात सय १९ जनाले राहदानी बनाएको प्रशासन कार्यालयले जनाएको छ ।

राहदानी बनाउनेमध्ये पनि छ सय ४३ जना महिला र दुई हजार दुई सय ५५ पुरुषले राहदानी बनाएको दाहालले जानकारी दिए ।

द्रुत सेवाबाट एक दिनमा नै राहदानी बन्ने भएपनि शुल्क भने महङ्गो छ । द्रुत सेवामा एक दिनमा नै बनाउँदा १५ हजार, दुई दिनमा बनाउदा १२ हजार र तीन दिनमा बनाउँदा १० हजार शुल्क लिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले जानकारी दिए ।

कामको शिलशिलामा इलामबाट खाडी मूलुक मलेसिया, कतार, दुवई, कोरिया जस्ता देशहरु जाने गरेका छन् । खाडी मुलकमध्ये पनि सबैभन्दा धेरै मलेसिया जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार