नयाँ बुलन्द
सुनसरी : लिम्बू पत्रकार संघ सुनसरीको दोश्रो जिल्ला अधिवेशन नयाँ कार्य समितिको चयन गर्दे सम्पन्न भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा कुशल कुरुम्भङ, उपाध्यक्षमा इक्सा मादेन, सचिवमा मेरिना तुम्सा, सहसचिवमा विक्रम सुब्बा र कोषाध्यक्षमा सेम्माङ देवान सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा यसोदा सेने, टिना चोङवाङ, सिंहवहादुर मादेन, सुमन जवेगु, बेद सुव्वा, आयुष्मा काम्वाङ निर्वाचित भएका छन् । त्यसैगरी सल्लाहकारमा हर्ष सुव्वा, प्रदीप मेन्याङवो, भैरब आङ्ला, निलिफा सुव्वा, सीता मादेम्वा र रमला सिंगक छन् ।
सो अधिवेशनले लिम्वू पत्रकार संघको केन्द्रिय समितिमा सुनसरीवाट निर्वतमान अध्यक्ष स्वर्णिमहाङ फोम्वोलाई पठाउने पनि निर्णय गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा लिम्वू पत्रकारलाई साथ सहयोग गर्नुका साथै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को माईन्डेट अनुसार निर्वाचनमा आदिवासी जनजाति पत्रकारलाई साथ सहयोग गर्ने पनि निर्णय गरेको छ ।