गजुरमुखीधाम र साङ्गरुम्बा फाइनलमा प्रवेश

नयाँ बुलन्द

जगुरमुखी : इलामको गजुरमुखीमा जारी हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिताको उपाधिका लागि गजुरमुखीधाम र युवाइसी साङ्गरुम्बा भिड्ने भएका छन् । शनिबार हुने फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।

शुक्रबार भएको सेमीफाइनलमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गर्दै गजुरमुखीधाम र साङ्गरुम्बाले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरका हुन् ।

पहिलो सेमीफाइनलमा रवि फूटबल क्लब पाँचथरलाई २१ को झिनो अन्तरले पराजित गर्दै गजुरमुखीधाम सेमीफाइलन प्रवेश गरेको हो । पहिलो हाफसम्म बराबरी खेलेको रविले दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको थियो । ४१ औं मिनेटमा विकास लिम्बूको गोलबाट लिएको अग्रता ७ मिनेटसम्म मात्र टिक्यो । ४८ औं मिनेटमा रविका मेहेन्देर खवासले गोल गरी खेल बराबरीमा ल्याए । पुन: गजुरमुखीका मनिस थापा मगरले ५८ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि नजिक पुर्‍याए ।

दोस्रो खेलमा कोसिस क्लब कुरुम्बा पाँचथरलाई १० कठिन जित निकाल्दै युवाइसी साङ्गरुम्बाले अन्तिम दुईको यात्रा पक्का गरेको हो । साङ्गरुम्बाका प्रविन राईले २६ औं मिनटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार