नयाँ बुलन्द
पुवामझुवा : संघीय समाजवादी फोरम, नेपाल पुवामझुवाको एकताको प्रथम गाउँ अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
अधवेशले मदनकुमार राईको अध्यक्षतामा २७ सदस्यीय नयाँ गाउँ कार्य समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा तिलबिक्रम सुनुवार र विशन राई, सचिवमा देउकुमार राई, सहसचिवमा प्रेमबहादुर सुनुवार (गंगा) र किशोर राई तथा कोषाध्यक्षमा सरिता राई चुनिएका छन् ।
सदस्यहरुमा रमिला सुनुवार, धखेन्द्र राई, मनकुमार राई, पुष्पादेवी राई, भक्तबहादुर राई, हर्कधन सुनुवार, धनबहादुर राई, कोपिला राई छन् ।
त्यस्तै तेजबहादुर राई, उर्मीला राई, मनबहादुर राई, नरकुमार तामाङ्ग, चक्रबहादुर सुनुवार, रत्नमाया राई, रोशन राई, शेरबहादुर राई, धनबहादुर राई, रत्नमाया राई र शान्ता राई रहेका छन् ।
संघीय समाजवादी फोरम इलामका उपाध्याक्ष विनोद नेम्बाङको प्रमुख अथित्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य प्रकाश राई समेतको उपस्थती रहेको थियो ।