पवित्रहाङमा गोल्डकप : माङसेबुङ फाइनलमा प्रवेश

सुमिना वनेम

माङसेबुङ : माङ्सेबुङ युथ सोसाइटी इलामको माँझोस्थित माङसेबुङमा जारी सातौ पवित्रहाङ्मा महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको पहिलो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन नालिफुङवा युथ क्लब मोरङलाई ३–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङले फाइनलको यात्रा पक्का गरेको हो । माङसेबुङले तेश्रो मिनेटमा नै अग्रता लिएको थियो । सुस्मिता लेप्चाले फ्रिकिक मार्फत गोल गर्दै माङ्सेवुङलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको १९ औ मिनेटमा शिवानी शर्माले अग्रता दोब्बर पारिन्। ५३ औ मिनेटमा सुस्मिताले व्यक्तिगत दोश्रो गोल गर्दा माङ्सेवुङ ३–० ले अघि बढ्यो।

उता नालिफुङवाकी रेस्मा राईले खेल सकिनु २ मिनेट बाँकी रहँदा गोल फर्काइन् । म्यान अफ द म्याच सुस्मिता लेप्चा घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ प्राप्त गरिन् ।

अब माङसेबुङले उपाधिका लागि फाइनलमा २ गते न्युस्टार क्लब किर्तीपुर मोरङ र पारीजात महिला फूटबल क्लब झापाबीचको दोस्रो सेमीफाइनलको विजेता टिमसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिताको अन्तिम सेमीफाइनलमा शुक्रबार न्युस्टार क्लब किर्तीपुर मोरङ र पारीजात महिला फूटबल क्लब झापाबीच खेल हुँदैछ ।

विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा जारी प्रतियोगितामा इलामझापापाँचथरताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार