पवित्रहाङमा गोल्डकप : टाइब्रेकरमा पारिजात सेमिफाइनल

सुमिना वनेम

माङसेबुङ : पारिजात महिला फूटबल क्लब इलामको माँझोमा जारी सातौ पवित्रहाङ्मा महिला गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

बुधबार भएको अन्तिम क्वाटरफाइनलमा पारिजात महिला क्लब सालबारीले  खदम युथ क्लब मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर‍्‍यो । निर्धारित र अतिरीक्त समयमा दुवै टिमबाट एक एक गोल भई बराबरी भएपछि टाइब्रेकरबाट विजेता निर्धारण गरिएको थियो ।

मध्यान्तर अघिसम्मा १ गोलले अग्रता लिएको खदमले अग्रता जोगाउन सकेन । मध्यान्तर पछि नयाँ रणनीतिका साथ मैदान आक्रामक खेल प्रदर्शन गर्‍यो । विपक्षीको पोलमा लगातार आक्रमण सुरु गर्‍यो ।  ४८ औ मिनेटमा एलिना नेपालीले पारिजातबाट गोल गरी खेल बराबरी ल्याइन् ।

त्यसपछि निर्धारित समयको खेल १-१ गोलको बराबरीमै टुंगियो । अतिरीक्त समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो । अब पारीजातको भेट शुक्रबार न्युस्टार किर्तिपुर मोरङसँग सेमीफाइनलमा हुनेछ । पारिजातकी दिक्षा चौधरी म्यान अफ दि म्याच घोषित भइन्। उनले नगद  एक हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगिता अन्तरगत बिहिबारबाट सेमीफाइनल चरणका खेल सुरु हुँदैछ । पहिलो सेमीफाइनलमा माङसेबुङ युथ सोसाइटी बाँझो इलाम र नालीफुङ्वा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुँदैछ ।

विजेताले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही तीन हजार पाँच सय ६१ रुपैयाँ प्राप्त गर्नेछन् ।

किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा जारी प्रतियोगितामा इलामझापापाँचथरताप्लेजुङ्ग र मोरङ्गका ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार