समानुपातिक र समावेशी स्ववियु माग

नयाँ बुलन्द

काठमाडौँ : लिम्बू विद्यार्थीहरुको साझा संस्था लिम्बू विद्यार्थी मञ्ले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक र जातीय समानुपातिकताको आधारमा गर्न माग गरेको छ ।

लिम्बुहरुको बाहुल्य क्षेत्रमा २०६५ सालको स्वावियु निर्वाचन हुन नदिएको लिबि मञ्चले सोमबार विज्ञप्ती जारी गरि पूर्ण समानुपातिक र जातीय समानुपातिक आधारमा हुनुपर्ने माग गरेको हो । त्रिभुवन विश्वविद्यालयले चैत १४ गते घोषणा गरेको  मिश्रित प्रणालीको स्ववियु निर्वाचन खारेज गर्दै सर्बपक्षीय भेलाद्वारा निर्वाचन मिति घोषणा गर्न माग गरेको छ ।

बरिष्ठ उपाध्यक्ष नितेश सिंगक र उपमहासचिव उत्सब लिम्बूद्वार जारी विज्ञप्तीमा हाल तय गरिएको मिश्रित निर्वाचन प्रणालीले स्ववियु र शिक्षा क्षेत्रको विकृति विसंगति अन्त्य गर्न नसक्ने दावी गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,  ‘विभेदकारी नीति हटाउँदै सबै समावेशीताको माध्यमबाट सबै उत्पीडित विद्यार्थीहरुको समान पहुँच र स्वावियूलाई साझा संस्थाको रुपमा विकास गर्न माग गर्दछौँ ।’

मञ्चले समावेशी स्वावियूको लागि सहादत प्राप्त गरेको  विद्यार्थी नेता मनिल तामाङको बलिदानी स्मरण पनि गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार