गजुरमुखी धाम र आयोजक सी विजयी

नयाँ बुलन्द

गजुरमुखी : इलामको जगुरमुखी-९ तोभाङ्गमा जारी हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिताको आइतबारको खेलमा गजुरमुखी धाम र आयोजक सी विजयी भएका छन् ।

पहिलो खेलमा एएफसी धुसेनीलाई ३-० ले पाखा लगाउँदै गजुरमुखी धाम विजेता बन्यो । जितका लागि सबै गोल मनिस थापा मगरले गरेका थिए । खेलको २१ औं मिनेटमा मगरल गोलको खाता खोलेका थिए । मध्यान्तर पछि ४७ औं मिनेटमा पुन: गोल थपी टिमलाई २-० को अग्रता दिलाए । ७८ औं मिनेटमा पुन: मगरले नै गोल गरी ह्याट्रिक पूरा गर्दै टिमलाई ३-० को जित निश्चत गराएका थिए ।

दोस्रो खेलमा  गजुरमुखी-७ लाई ४-२ ले पराजित गर्दै आयोजक गजुरमुखी-९ सी विजेता बन्यो । जितका लागि आयोजकका दिपेन राईले १५ औं, मिलन राईले २२ औं, मिन माइलाले ४३ ‍‍औं र सरोज राईले ५९ औं मिनेटमा एक एक गोल गरेका थिए ।

सोमबारको पहिलो खेल अन्तरगत पहिलो राउण्डको अन्तिम खेलमा साकफारा र महमाईबीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै सोमबार नै दोस्रो राउण्डको खेल सुरु हुनेछ । दोस्रो राउण्डको पहिलो खेल तथा तथा सोमबारको दोस्रो खेलमा आयोजक गजुरमुखी-९ ए भुलभुले र कोसिस फूटबलक्लबीच हुनेछ ।

भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्थानीय वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आगामी १ फागुनमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार