नयाँ बुलन्द
पाँचथर : जिल्लाको सिमावर्ती गाविस फलैचा-७ बस्ने हिमालसिं बेघाले आफ्नो छोराको उपचारको लागि सहयोगको याचना गरेका छ्न् ।
मुटु रोगी १४ बर्षीय विकेश बेघाको काठमाण्डौंस्थित गंगालाल बाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छ्न् । आर्थिक अभावले उपचारका साथै उपचार केन्द्रमा आउन जान समस्या भएकोले सहयोगको याचना गरिएको मङ्गल बेघाले जनाएका छ्न् ।
सहयोग गर्न इच्छुक महानुभवहरुले प्रेम बेघा काठमाण्डौ ९८६११४२३०१, हर्कजङ बेघा धरान ९८४२०६४७४९ बिरु बेघा झापा ९८५२६७८०६६, मंगल बेघा फिदिम ९७५२६०७२७८ र शान्तप्रसाद बेघा फलैचा-च्याङथापु ९८४४६५६७७७ सँग सम्पर्क गरि सहयोग गर्न अपिल गरिएको छ ।