जनजाति महासंघले गर्‍यो सम्मान

नयाँ बुलन्द

इलाम : देशलाई लोडसेडिङमुक्त बनाउन प्रतिवद्ध भई लागेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ इलामले ऊर्जामन्त्री सहित तीन जनालाई इलाममा सम्मान गरेको छ ।

महासंघले इलाममा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको हो ।

उनीहरुलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद इलामका अध्यक्ष राजु राईले खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

ऊर्जामन्त्री प्रभाकर जनताकै लगानीमा जलविद्युत् उत्पादन गर्न सञ्चालित ‘नेपालको पानी जनताको लगानी’ अभियान अन्तरगत सम्भाव्यता अवलोकनका क्रममा ऊर्जा सचिव उपाध्याय, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित पूर्वी नेपाल आएका थिए । उनी ताप्लेजुङ र पाँचथर हुँदै इलाम आईपुगेका थिए ।

त्यसैगरी झापाको दमकमा आइबार लोडसेडिङको मारमा परिरहेको बेला तस्करी नियन्त्रण गरि लोडसेडिङ अन्त्य गरेको भन्दै मन्त्री शर्मा र घिसिङलाई जनस्तरबाट अभिनन्दन गरिने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार