नयाँ बुलन्द
झापा : मनाङ मर्स्याङदी क्लव झापाको विर्तामोडमा जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
डोमालाल राजवंशी रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई १–० गोल अन्तरले हराउँदै मनाङले फाइनलका लागि आफ्नो स्थान पक्का बनाएको हो । अब मनाङले उपाधिका लागि आयोजक रमपम झापा ११ सँग भिड्ने भएको छ ।
मनाङका लागि खेलको ४१ औं मिनटमा बिमल रानाले पहिलो गोल गरेका थिए । जुन गोलनै निर्णायक गोल बन्यो । नेपालका चर्चित फूटबल खेलाडीहरु रहेको दुबै टिमको खेल हेर्न भरिएको डोमालाल रंगशाला खेल अवधिभर खेल उल्टिने अपेक्षामा थियो । तर दुबै टिमका तर्फबाट कुनै गोल हुन सकेन र अन्ततः मनाङले फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।
खेलको म्यान अफ द म्याच मनाङका सुजल श्रेष्ठ घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक पदमलाल राजवंशीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान गर्यो ।
प्रतियोगिताअन्तर्गत आयोजक झापा–११ र मनाङ मस्र्याङदीबीचको फाइनल खेल सोमबार हुनेछ । फाइनल खेल निक्कै रोमान्चक हुने अपेक्षा गरिएको छ । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।