नयाँ बुलन्द
गजुरमुखी : इलामको गजुरमुखीमा जारी हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुँदैछ ।
पहिलो खेलमा केही समयपछि सुरु हँदैछ । पहिलो खेलमा रवि फूटबल क्लब पाँचथर र जेवाईसी इभाङ्ग-८ बीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै दोस्रो खेल इभाङ्ग-९ र महमाई-८ बीच दिउँसो ३ बजेदेखि हुनेछ ।
यसअघि बिहीबारको खेलमा पानीटार फूटबल क्लब र कोसिस फूटबल क्लब विजयी भएको थियो । बिहीबारको पहिलो खेलमा रेडस्टार क्लब इभाङ्गलाई २-१ लेे हराउँदै पाननीटार विजेता बनेको थियो । दोस्रो खेलमा बारुङ फूटबल क्लबलाई १-० को झिनो अन्तरले पराजित गर्दै कोसिस फूटबल क्लब कुरुम्बा विजयी बनेको थियो ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा पाँचथर र इलामका गरी २२ टिमले सहभागिता रहको छ । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ । प्रतियोगिता जुरमुखी-९ तोभाङस्थित बरभञ्ज्याङ आभारभूत विद्यालयको खेलमैदानमा भईरहेको छ ।